शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा कारितास नेपालले नौमती बाजा तालिम सञ्चालन गरेको छ । कारितास नेपालको आयाजना तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा शिवसताक्षी नगरपालिका वडा नं. १ को श्री लक्ष्मीनारायण मन्दिर परिसरमा नौमति बाजा तालिम सञ्चालन गरेको हो ।

मानव बेचबिखन विरुद्ध सवलीकरण परियोजना अन्तर्गत वैदेशिक रोजगारिमा गएका परिवारका सदस्यहरु पनि विदेशबाट आउने रेमिटेन्समा मात्र भर नपरी सिप सिकी आयाआर्जनमूलक काममा जोडिनुपर्छ भन्ने उद्देश्यले नौमती बाजा तालिम सञ्चालन गरिएको कारितास नेपाल शिवसताक्षीको सामाजिक परिचालक चिरन लुइटेलले जानकारी दिए । उनले कारितासले शिवसताक्षीका ५ वटा वडामा कार्यक्रम सञ्चालन गरिएको बताए ।

शिवसताक्षी वडा नं. १ को नौमति बाजा तालिममा १८ जना महिला दिदीबहिनीहरुको उपस्थिति रहेको छ । महिलाहरुलाई दुई समूहमा विभाज गरी तालिम दिइदै गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0