काठमाडौं । नेपाल सरकारले नेपाल  विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई पदबाट हटाएको छ । उर्जामन्त्री दिपक खड्काले बारम्बार प्रस्टीकरण सोध्ने देखि कार्यसम्पादनमा शुन्य अंक दिने जस्ता काम गर्दै आइरहेका थिए ।
केपी ओलीको सरकारले कुलमानलाई प्राधिकरणबाट हटाएको यो पहिलो पटक होइन, अघिल्लो पटकको आफ्नो कार्यकालमा पनि उनले कुलमानलाई कार्यकारी पदबाट वर्खास्त गरेका थिए ।
कुलमान १८ घण्टा लामो लोडसेडिङ अन्त्य गरेको र उच्च व्यवस्थापकीय कौशल देखाएकोमा जानताद्वारा प्रशंसित हुँदै आएका थिए ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
1