शिवसताक्षी । नेकपा एमालेले देशका सबै पालिकामाहरुमा जागरण अभियान अन्तर्गत शिवसताक्षीका सबै वडाहरुमा सचेतना मुलक जागरण अभियान कार्यक्रम सम्पन्न गरिएको छ ।

राजतन्त्रका विरुद्ध र गणतन्त्रको पक्षमा लड्ने शक्ति एक हुनु पर्छ भन्ने उद्देश्यले देश भर कार्यक्रम गरिएको नेकपा एमालेले जनाएको छ ।

सामाजिक रुपमा रहेका विकृतिविसंगतिहरुको विरुद्धमा र सामाजिक सञ्जालमा विनाकारण उत्तेजित ढंगबाट नेतृत्वको विरुद्ध जथाभावी प्रस्तुत हुने गरेको विषयहरुलाई समेत जागरण अभियानमा समेटिएको नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष मेदनी दंगालले जानकारी दिए ।

जागरण अभियान अन्तर्गत झापाका २३१ वडाहरुमा एकै दिन कार्यक्रम सम्पन्न भएको नेकपा एमालेले जिल्ला कमिटी झापाले जनाएको छ । जागरण अभियान नगर अध्यक्ष दंगालको समन्वयमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0