शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको न्यायिक समितिले अन्य विभिन्न पालिकाहरुमा न्याय सम्बन्धि अन्तरक्रिया गरेको छ ।

नगरको न्यायिक समितिले अध्ययन अवलोकन भ्रमणका पश्चिमका पालिका र सरकारी वकिलहरुसँग परामर्श सहित अन्तरक्रया गरेको छ ।

अन्तरक्रियाका क्रममा चितवनको रत्ननगरपालिकाका नगरप्रमुख, उपप्रमुख लगायत पालिकाको न्यायिक समितिहरुसँग अन्तरक्रिया गरेको हो । रत्न नगरपालिकाले न्याय सम्पादनका क्रममा अबलम्ब गरिएका उपायहरु त्यहाँको कार्यसम्पादनका विषयमा पालिकाका उपप्रमुख यादवप्रसाद पाठकले आफुले फरक ढंगबाट न्याय सम्पादन गर्ने गरेको बताए । उनले आफुले तीन पटक उपप्रमुख भएको भन्दै हालसम्म नगरपालिकाले कुनै पनि मुद्धा अदालतसम्म पुग्न नदिएको जानकारी दिए ।

विशेष गरेर रत्न नगरपालिकामा जग्गा सम्बन्धी मुद्धा, बजार क्षेत्रमा सिमाना विवाद लगायतका मुद्धाहरु आउने गरेका रहेछन् । उपप्रमुख पाठकले भने, हामी नगरसम्म पनी मुद्धा आउन दिदैनौ । धेरै समस्याहरु वडाकै मेलमिलाप केन्द्रबाट मिलाइने गरेको छ ।

रत्न नगरपालिकाका नगरप्रमुख प्रहाद सापकोटाले नगरले फोहोर व्यवस्थापन, घरनक्सा पासबाट हुने आम्दानी नै नगरको मुख्य आम्दानी भएको बताए । उनले रत्न नगरपालिका भित्र चितवन राष्ट्रिय निकुञ्ज भएपनि त्यसको आम्दानी संघीय सरकारले नै उठाउने गरेको जानकारी दिए । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की  र नगरका कर्मचारी कार्यक्रम अधिकृत महेश लामिछाने र कर्मचारी नर्वदा दाहालले न्याय सम्पादन सम्बन्धी विभिन्न जिज्ञासाहरु राखेका थिए ।

अध्ययन अवलोकन भ्रमणमा चितवनको राष्ट्रिय निकुञ्जको पनि अवलोकन गरिएको छ । सौराह क्षेत्र खोलाको किनारमा पर्यटकको घुइचो र त्यहाँ पर्यटन विकास समितिले पर्यटनका का लागि होटल व्यवसायीहरुलाई निकै राम्रो व्यवस्थापन गरेको पाइएको थियो । अवलोकन भ्रमणकाकै क्रममा रहेका शिवसताक्षी नगरपालिका वडा नं. १० का वडासदस्य तथा न्यायिक समिति सदस्य  दिपक पोख्रेलले शिवसताक्षी नगरपालिकाले पनि सौराहा जस्तै गरी दोमुखालाई बनाउन सकिने बताए । दोमुखा दक्षिण कनकाई माइको किनारमा पर्यटकहरुलाई नदिमा नवाउन, बस्न रमाइलो गर्न विभिन्न किसिमका बस्ने स्थानहरु बनाउने सकिने, रात्रीकालिन रमाइलोका लागि लाइटहरु जडान गरी सौराहको जस्तै मोडलबाट काम गर्न सकिने  रहेछ । उनले भने, हामीले प्राकृतिक रुपमा रहेको कनकाई नदि किनारमा श्रृगार गर्न बाँकी रहेको जस्तो भान भएको छ । भचितवन राष्ट्रिय निकुञ्ज भित्र जंगल परिषरमा गाडीमा सफारी गरी हात्ती, गैडा, चित्तल, गोही, विभिन्न प्रजातिका चरा चुरुङ्गीहरुको अवलोकन गरिएको थियो । हात्ती प्रजजन केन्द्रसमेतको अवलोकन गरियो । त्यस्तै भ्रमणका क्रममा पोखरा उच्च अदालतका वकिलहरुसँग अनौपचारिक रुपमा छलफल भएको थियो ।

अध्ययन अवलोकन भ्रमणका क्रममा भोजपुर सरकारी वकिलको कार्यालयका सरकारी वकिल कल्याण पराजुलीसँग विभिन्न हाम्रा नगरका समस्या र कानुनी परामर्श लिइएको थियो । वकिल पराजुलीले हाम्रा समस्याहरुलाई समाधानको बाटो देखाइदिए भने, उनले कानुनी प्रकृयाको बारेमा स्पष्ट पारेका थिए । विशेष गरेर न्याय सम्पादन सम्बन्धी र भूमाफियाहरुले विभिन्न स्थानमा रहेका सरकारी जग्गाहरुमा आक्रमण गर्ने, हडप्ने जस्ता गतिविधीहरु सम्बन्धी कानुनी अड्चन र कानुनी परामर्श लिइएको थियो । शिवसताक्षी नगरपालिका वडा नं. १० वडा सदस्य दिपक पोख्रेलले कानुनी जिज्ञासा राखेका थिए ।

शिवसताक्षी नगरपालिकाले सात दिवशीय अध्ययन अवलोकन भ्रमण गएको चैत्र ५ गतेबाट सुरु गरेको हो । भ्रमणका क्रममा मरिङ डाइभर्सन, चितवन राष्ट्रिय निकुञ्ज, पोखरा, जोमसोम, मुक्तिनाथ, गलेश्वरधाम, बाग्लुङ कालिकामा मन्दिर, मनकामना, हलेसी, भोजपुर लगायतका स्थानहरुमा भ्रमण गरिएको थियो । जोमसोम, पोखरा, दिग्तेल, भोजपुर, लेगुवाघाट लगायतका क्षेत्रहरुमा स्थानीय उत्पादनमा जोड दिएको पाइएको थियो । जोमसुममा स्थानीय स्याउ, सिवीको दाल, फार्मा ट्याग लगाएको विभिन्न ब्राण्डका हुस्की लगायतका समाग्रीहरु उत्पादन गरी बजारीकरण गरिएको पाइएको थियो । त्यस्तै पोखरामा विभिन्न पोखरेली कपडाहरु, भोजपुरको खुकुरी, लेगुवाघाटको बयेरको धुलो लगायतका सामाग्रीहरुलाई स्थानीय सरकारले विशेष प्राथमिकतामा राखेर त्यसको उत्पादन, प्रचार र बजारीकरण गरिएको स्थानीय बासीले जानकारी दिए ।

 भ्रमणका क्रममा हेलेसी चुवाचुङ नगरपालिका कार्यालयको समेत अवलोकन गरिएको थियो । अवलोकनका क्रममा उक्त नगरपालिकाकी नगरप्रमुख विमला राई, उपप्रमुख रमेश कुमार राउतसँग समेत अन्तरक्रिया गरियो ।

हलेसी नगरपालिकाको न्यायिक समितिमा थोरै मात्रामा मुद्धाहरु आउने रहेछन् । हलेसी चुवाचुङ नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक रमेश कुमार यादवले भने, यस नगरपालिकामा त्यति धेरै मुद्धाहरु आउँदैनन् । धेरै वडामा भएका समस्याहरु वडाको मेलमिलाप केन्द्रले उतै मिलाउने केही समस्याका रुपमा नगरसम्म आउने गरेको छ ।

भ्रमणमा राष्ट्रिय गौरवको आयोजना मध्यमहाडी लोकमार्ग अन्तर्गत खुरकोटबाट दिग्तेल, भोजपुर हुँदै हिले बजार आसपासका क्षेत्रहरुमा समेत अवलोकन गरिएको नगरका कर्मचारी महेश लामिछानेले जानकारी दिए । भ्रमण टोली घर फर्किने क्रममा धरानबाट निर्माणधिन मदन भण्डारी मार्ग हुँदै, केराबारी गाउँपालिका, लेटाङ्ग, जाँतेसम्मको भुभागको समेत अवलोकन गरिएको थियो । धरान पुर्व मदन भण्डारी मार्गमा पर्ने सम्पूर्ण पुल तथा कल्र्भडहरु निर्माण भइसकेको भेटिएको थियो । जंगल क्षेत्रमा रुख कटान कार्य ढिलाहुँदा सडक निर्माण रोकिएको भएपनि अन्य गाउँ क्षेत्रमा भने सडक निर्माण भइसकेको देखियो ।

अवोलकन भ्रमणमा उपप्रमुख नरमाया कार्की, वडा सदस्य तथा न्यायिक समिति सदस्य दिपक पोख्रेल, नगरका कार्यक्रम अधिकृत महेश लामिछाने, कर्मचारी नर्वदा दाहाल र नगरका सञ्चारकर्मी सरोज भट्टराई, नगरका सवारी चालक भुवन खतिवडाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0