शिवसताक्षी । झापाको शिवसताक्षीमा सताक्षीधाम साहित्य संगमको आयोजनामा भएको नगरस्तरीय खुल्ला कविता लेखन तथा बाचन प्रतियोगितामा शिवसताक्षी ३ का मञ्जिल नेपाल प्रथम भएका छन् ।
त्यस्तै शिवसताक्षी ६ का भिजन गुरागाईँ दोस्रो र यमुना मिश्रले तेस्रो स्थान हासिल गरको सताक्षीधाम साहित्य संगमले जनाएको छ । सान्तवना पुरस्कार प्राप्त गर्नेहरुमा लक्ष्मी ताजपुरिया र निर्मला प्रधान रहेका छन् ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले जनही ५ हजार, ३५ सय र २५ सय पुरस्कार राशी प्रदान गरिएको छ । सान्तवना पुरस्कार दुई जनालाई जनही एक हजार प्रदान गरिएको सताक्षीधाम साहित्य संगम अध्यक्ष उमानाथ दाहालले जानकारी दिए । प्रतियोगिले वसन्त बहार शिर्षकमा कविता लेखेका थिए ।
कार्यक्रममा नगरका स्थापित तथा नवोदित गरी १३ जना कवि कवयित्रीहरुले आआफ्ना रचना वाचन गरेका थिए । प्रतियोगिताको सहजीकरण चर्चित छन्दवादी कवि विन्दु दाहाल मूकदर्शक र चर्चित समालोचक भीमप्रसाद दाहाल गरेका थिए ।
संस्थाका सदस्य श्रीप्रसाद खरेलले स्वागत मन्तव्य कार्यक्रममा प्रतियोगी तथा अप्रतियोगी कविता वाचन गरिएको थियो ।
सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्य संगमका सचिव यादवप्रसाद दाहालले गरेका थिए ।
प्रतियोगिता शिवसताक्षी ११ स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा भएको थियो ।












