काठमाडौं । भारतको हरियाणा राज्यस्थित गुरुग्रामको मेदान्ता अस्पतालमा उपचाररत एक एयरहोस्टेसमाथि यौन दुर्व्यवहार भएको छ। आईसीयूमा भर्ना भएकी ती महिलामाथि अस्पतालकै एक पुरुष कर्मचारीले दुर्व्यवहार गरेका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार एक महिने तालिमका लागि गुरुग्राम पुगेकी एयरहोस्टेस पौडी खेल्ने क्रममा डुबेकी थिइन्। त्यसपछि उनलाई उद्धार गरी मेदान्ता अस्पतालको दोस्रो तलाको आईसीयूमा भर्ना गरिएको थियो।
स्वास्थ्यलाभपछि ती महिलाले श्रीमानलाई घटनाबारे जानकारी दिएकी थिइन् र दम्पतीले प्रहरीमा उजुरी दिएका थिए।
प्रहरीले पीडितको मेडिकल परीक्षण गराएको छ भने सरकारी वकिलमार्फत बयान पनि गराइएको छ। अनुसन्धानका लागि अस्पतालको सीसीटीभी फुटेज संकलन गरिएको छ। अस्पताल प्रशासनले प्रहरीलाई सहयोग गर्ने बताउँदै आवश्यक कागजातहरू उपलब्ध गराएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












