झापा । झापा कारागारमा रहेको एक कैदैको मृत्यु भएको छ।

इलाम माङ्सेबुङ गाउँपालिका ४ घर भई झापा कारागारमा ज्यानसम्बन्धी मुद्दाको कैद भुक्तानी गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको आज उपचारको क्रममा मृत्यु भएको झापा प्रहरीले जनाएको छ।

आज दिउँसो ४ बजेर २५ मिनेटमा उनी अचानक सास बढेर बिरामी भई ढलेको र उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले बताए । ४ बजेर ४० मिनेटमा उपचारकै क्रममा उनको मृत्यु भएको खड्काले जानकारी दिए ।

उनको स्वास्थ्य परीक्षण अनुसार घाँटीको क्यान्सरको लक्षण देखा परेको प्रहरीको भनाई छ । प्रहरीले विश्वकर्माको परिवारलाई उनको मृत्यु सम्बन्धमा जानकारी गराएको बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1