शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले वडाका विपन्न नागरिकलाई झुल वितरण गरेको छ ।
बर्खा जनिकदै गर्दा लामखुट्टेको टोकाईबाट हुने रोगहरुबाट बच्न वडाले विपन्न परिवारलाई झुल वितरण गरेको हो ।
इसाई नगर समितिको आर्थिक सहयोगमा झुल वितरण गरिएको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । वडाका अधिकांश क्षेत्रहरुमा आदिबासी समुदाय बसोबास गर्छन् ।
नगरको दक्षिणी क्षेत्रका भएकाले यस क्षेत्रमा लामखुट्टेको टोकाईबाट हुने रोगहरुको जखिम हुने वडाध्यक्ष प्रसाईको भनाई छ । प्रसाईका अनुसार वडा नं. ४ को किक्चक डाँगीमा रहेको २० सुकुम्बासी परिवारलाई ८० थान झुल वितरण गरिएको हो ।
वडाध्यक्षले सुकुम्बासी वस्तीमा मै गएर झुल वितरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












