शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा पर्यटक र भक्तजनहरुका लागि १०८ जलधारा निर्माण गरिने भएको छ ।

शिवसताक्षी–१० स्थित दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले धार्मिक पर्यटकीय अवधारणामा दोमुखालाई विकास र प्रवर्द्धन गर्ने लक्ष्यसहित जलधारा निर्माणको तयारी गरेको हो ।

जलधारा निर्माणका लागि आवश्यक गुरुयोजना बनाइएको र बैशाख १७ गते भूमि पूजन गरी सवा लाख बत्ती बालेर काम थालिने संस्थाका अध्यक्ष धनप्रसाद लावतीले बताए ।

संस्थाले बिहीवार बिहान पत्रकार सम्मेलन गरी जलधारा निर्माणका लागि आवश्यक तयारी र व्यवस्थापनका काम सुरु गरिएको जनाएको हो । अध्यक्ष लावतीले मुक्तिनाथ धामको शैलीमा १०८ धारा निर्माण गरिने जानकारी दिए । उनले भूमि पुजन र जलधारा निर्माणका लागि मुक्तिनाथ स्थित काली गण्डकीको जल ल्याएको समेत बताए ।

प्रसिद्ध कनकाई नदीको किनारमा अवस्थित दोमुखामा मकर नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्छ । मनोरम प्राकृतिक वातावरणको संगमका रुपमा प्रसिद्धि कमाएको दोमुखा पूर्वी नेपालको पर्यटकीय आकर्षणको केन्द्र पनि हो ।

प्राकृतिक सम्पदाको उपयोग गर्दै भौतिक संरचनागत विकासलाई संस्थाले पहिलो प्राथमिकतामा राखेको संस्थाका सचिव धनकुमार ढकालले बताए । संस्थाले तयार पारेको गुरु योजना अनुसार कनकाईको पानीलाई १०८ धारामा जोडिनेछ ।

करिव ८५ लाख रुपैयाँको लागत स्टीमेटसहित जलधारा निर्माणको काम अगाडि बढाउने तयारी गरिएको हो । सरकारी सहयोगबाहेक जनसहभागिताका आधारमा जलधारा निर्माण गर्ने लक्ष्य राखिएको छ ।प्रवर्द्धन प्रवर्द्धन रिवार वा वंशको नाम राख्ने गरी एउटा धारा निर्माणका लागि ५१ हजार रुपैयाँ लिइने अध्यक्ष लावतीले बताए । व्यक्तिगत नाम राखेर धारा निर्माण गर्ने भए ३५ हजार रुपैयाँ तिर्नु पर्ने व्यवस्था मिलाइएको छ ।

स्रोत व्यवस्थापनका लागि सप्ताहव्यापी श्रीमद्भागवत महापुराण र धार्मिक तथा सांस्कृतिक महोत्सव आयोजना गरिने सचिव ढकालले जानकारी दिए । संस्थाले निर्माण गर्ने जलधारा ढुंगाले कुँदिएका हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0