काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ७ दिनभित्र दर्ता नभए मेटामाथि नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभाग स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक  पटक सूचना जारी गरे पनि नमानेको बताए ।

तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने गुरुङको भनाइ छ । नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएकोले मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने मन्त्री गुरुङले बताए ।

५ वैशाखमा पनि गुरुङले सरकारले तोकेको समयभित्र फेसबुकलगायतका सामाजिक सञ्जाल प्लेटफर्म दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताएका थिए । त्यसअघि २३ माघमा नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0