काठमाडौं । शिक्षा ऐन जारी गर्न मागसहित शिक्षकहरू २४ दिनदेखि सडक आन्दोलनरत छन् । पठनपाठन ठप्प पारेर राजधानी केन्द्रित आन्दोलनमा होमिएका शिक्षकहरूलाई गुल्मीको कालिगण्डकी गाउँपालिकाले भने विद्यालय फर्केर पठनपाठनमा संलग्न हुन निर्देशन दिएको छ ।

गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले विज्ञप्ति जारी गरी शिक्षक र विद्यालय कर्मचारीलाई वैशाख १४ गतेदेखि अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन् । उनले उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन वा सरुवा हुने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0