काठमाडौं । काठमाडौंको बिजुलीबजारमा जारी शिक्षक आन्दोलनका क्रममा एक शिक्षक कुटिएका छन्। शनिबार दिउँसो नेपाल शिक्षक महासंघको आन्दोलनमा सहभागी कैलाली धनगढीका ५४ वर्षीय केशव राज जोशीमाथि करिब १५/२० जना शिक्षकबीचको मतभेदपछि कुटपिट भएको प्रहरीले जनाएको छ।

जोशीलाई प्रहरीले उद्धार गरी सिभिल अस्पताल पुर्‍याएको छ। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0