शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ६ ज्येष्ठ नागरिक भवन निर्माण गरिएको छ ।

वडाका ज्येष्ठ नागरिकहरुलाई बस्ने रमाइलो गर्ने र विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्यले वडा नंंं. ६ को शिवगञ्जमा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको हो ।

वडा कार्यालय र साहरा नेपालको साझेदारीमा उक्त भवन निर्माण गरिएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । उनले ज्येष्ठ डेढ कठ्ठा जग्गामा १८ लाख ५० हजारको लागतमा भवन निर्माण गरिएको जानकारी दिए । जसमा ११ लाख ५० हजार वडाको विनियोजित रकम रहेको छ ।

भवनको टिनको छाना रहेको भवनका ३० फुट चौडाई र ८० फुट लम्बाईको शौचालय सहितको भवन निर्माण भएको छ ।
भवन निर्माण भएपछि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिलिङ र खानेपानीको व्यवस्था नगरको तर्फबाट गरिदिने घोषणा गरेका छन् । माता तीर्थ औैंशीको अवसरमा वडाको आयोजनामा भएको ज्येष्ठ माता सम्मान कार्यक्रममा नगरप्रमुख थोप्राले सिलिङ लगायतका आवश्यक पूर्वाधार निर्माण गरिदिने बताएका हुन् ।

भवन निर्माण भएपछि ज्येष्ठ नागरिकलाई धेरै सहज भएको ज्येष्ठ नागरिक वडा नं. ६ का अध्यक्ष चक्रप्रसाद लुईटेलले बताए । उनले ज्येष्ठ नागरिकहरु भेला भएर भलाकुसारी गर्ने स्थानको आवश्यक थियो । त्यो पुरा भएको छ । उनले भने, भवनमा ज्येष्ठ नागरिकहरु भेला भएर भजन कृर्तन गर्ने, एक अर्काका दुःख सुख साटासाट गर्नाले दिउँसोको समय काट्न सजिलो हुने भएको छ । भवन निर्माण गर्नको लागि स्थानीय जन आदर्श माध्यमिक विद्यालयले निशुल्क जग्गा प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0