शिवसताक्षी । काठमाण्डौमा गएको २८ दिनदेखि जारी शिक्षक आन्दोलन चलिरहेका बेला पालिका केन्द्रित आन्दोलन सुरु भएको छ ।
आज शिवसताक्षीको दूधे बजारमा शिक्षकहरुले शिक्षा ऐन जारी गर्न दवाव दिने भन्दै प्रर्दशन गरेका छन् ।
शिवसताक्षीको दूधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयबाट निकालिएको र्यालीले दूधे बजार पक्रिममा गरी कोण सभामा परिणत भएको थियो ।
र्यालीमा विभन्नि र विभिन्न नारा अंङ्कित प्ले काडसहित दर्जनौं शिक्षकहरु जम्मा भई विभिन्न नारासहित शिक्षकहरुले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रमेश दाहाल, नेपाल शिक्षक संघका अध्यक्ष विष्णु सुब्बा, एकृकित अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गणेश चम्लागाई र नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनु कार्कीले कोण सभामा सम्बोधन गरेका थिए ।
शिक्षकहरुले हिजो शिवसताक्षी नगरपालिकामा परिसरमा प्रदर्शन गरेका थिए ।












