शिवसताक्षी । कारितास नेपालले स्थानीय सरकारसँग पयरियोजनाका बारेमा बैठक तथा समीक्षा गरेको छ।

शिवसताक्षी नगरपालिकामा कारितास नेपाल द्वारा सन्चालित सुरक्षित आप्रबासन मार्फत मानव बेचबिखन बिरुद्दको सबलिकरण परियोजना अन्तर्गत स्थानिय सरकारसँग परियोजना बारेमा समीक्षा गरेको हो ।

कारितास नेपालले सन्चालन गरिरहेको परियोजनालाई आर्थिक सहयोग गर्ने संस्था मिसियो जर्मनीका प्रतिनिधि फिलिप सहित कारितास नेपाल केन्द्रिय कार्यालय , प्रादेशिक कार्यालय र स्थानिय सरकारका बिचमा परियोजनाको बारेमा समिक्षा तथा परियोजना ले पुर्याएको सहयोग तथा परियोजनालाई अझ सबल बनाउन स्थानिय सरकारका तर्फबाट सल्लाह, सुझाब प्राप्त भएको शिवसताक्षी नगरपालिकाका समाजिक परिचालक चिरन्जिवी लुईटेलले जानकारी दिए । उनले
परियोजनाले शिवसताक्षी नगरपालिकामा हालसम्म गरेका कार्यहरुको समिक्षा तथा अब गर्ने कार्यक्रमको जानकारी गराइएको थियो ।

बैठकमा स्थानीय सरकारका तर्फबाट नगर प्रमुख मेगाहाङ थोप्रा , उप नगर प्रमुख नरमाया कार्की , प्रमुख प्रशासकीय अधिकृत श्री सुनिता तुम्बाहाङ्फे , वरिष्ठ कार्यक्रम अधिकृत काशचन्द्र चौधरी , लेखा अधिकृत श्री प्रकास योङ्हाङ , रोजगार शाखा संयोजक श्री बिदुर तिम्सिना रहेका थिए । त्यस्तै परियोजनाका तर्फबाट मिसियो जर्मनिका प्रतिनिधि फिलिपसँग, कारितास नेपाल केन्द्रिय कार्यालयकी प्रतिनिधि सिल्भिाय राई, कारितास नेपाल प्रादेशिक कार्यालय दमकका प्रमुख शंकर कुमार पौड्याल, कारिता नेपाल परियोजना अधिकृत हिमालय अधिकारी, सहकायक अधिकृत सन्तोसी थन्दार लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0