शिवसताक्षी । झापाको धार्मिक तथा पर्यकीय क्षेत्र दोमुखामा सिरिस फुल्न सुरु गरेको छ । दोमुखा क्षेत्रमा २८ ओटा सिरिसका रुखहरु रहेका छन् ।
जसलाई दोमुखा धार्मिक तथा पर्यटन विकास संस्थाले संरक्षण गरेको छ। दोमुखामा मंसिर महिनादेखि पिकनिकको सिजन सुरु भएर गर्मी चढेसँगै फागुन महिनामा सकिन्छ ।
फाइल फोटो
गर्मीको समयमा सुख्खा भएपनि बैशाख महिनादेखि सिरिस फुल्ने गर्दछ । ढकमक्क सिरिस फुल्दा दोमुखाको मुहार नै फेरिए झै लाग्ने गर्दछ । हाल २८ ओटा रुख मध्ये ४ वटा रुख सिरिस फुलेको छ भने अन्य फुल्ले तयारी रहेका छन् । सिरिस फुले पछि म्युजिक भिडियो बनाउने, टिकटक बनाउने, फोटोसुट गर्ने पर्यटकको भीड लाग्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












