झापा । झापाको कनकाई नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।

झापाको कनकाई–५ स्थित सुरुङ्गा–झापा सडक खण्डमा शरणामतिबाट सुरुङ्गातर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ भारतीय नम्बरको मोटरसाइकलमा रहेको झोलाबाट अन्दाजी दुई सय ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उक्त भारतीय नम्बरको मोटरसाइकललाई प्रहरी टोलीले आज बिहान अन्दाजी ८ः४० बजे रोक्न खोज्दा चालकले मोटरसाइकल र झोला छाडेर फरार भएका थिए । प्रहरी टोलीलाई देख्नासाथ फरार भएका मोटरसाइकल चालकलाई रोक्न खोज्दा ३०३ नम्बर राइफलबाट दुई राउण्ड हवाई फायर गरिएको प्रवक्ता खड्काले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0