शिवसताक्षी । झापाको शिवसताक्षी न.पा. १ स्थित शुक्रबारे बजारकी ४१ वर्षीय सुशिला राजवंशीको उपचार खर्च अभावमा छटपटाइ रहेकी छिन् । विगत पाँच वर्ष यता पेटको ५ औं पल्टको अपरेशन गरिसकेकी राजवंशी अहिले उपचार खर्च अभावमा समस्यामा परेकी छिन् ।
पाँच वर्ष अगाडी पित्त थैलीमा समस्या भई विर्तासिटी अस्पताल विर्तामोडमा भर्ना भएकी थिइन । विर्तासिटी अस्पतालले केही दिन उपचार गरी विराटनगर रेफर गरेको उनका श्रीमान विनोद राजवंशीले जानकारी दिए । उनका अनुसार सुशिलाको पाँच वर्षमा ५ ओटा अपरेशन गरिसकिएको छ । विराटनगरमा पित्त थैलीको अपरेस गरिएको थियो । त्यस पछि हर्निया र आन्द्रामा समस्या आई त्यसको पनि अपरेशन गरियो । विचमा अपरेशन गरिएको स्थानमा इनफेक्सन भएर डाक्टरल
पुन अपरेशन गरिदिएका थिए । गएको वर्ष पेटमा राखिएको जाली फुटेर फेरी अपरेशन गर्नु परेको श्रीमान् विनोदले बताए ।
यस वर्ष पनि एपेन्डिक्सको अपरेसन गरिएको छ । उनले भने यो परेशन पाँचौ पल्ट गरिएको हो । हाल इन्फेक्सन हुने डरले डाक्टरले जाली राखिदिएका छैनन् भने, घाउ पुरा सिलाइएको पनि छैन । दिनहुँ डे«सिक गर्दै आएको श्रीमानले बताए । उनका अनुसार अपरेशन गरिएको घाउ थाकेपछि जालि राख्नको लागि फेरी अपरेशन गर्नु पर्ने डाक्टरले सुझाएका छन् ।
उपचारका लागि १८ लाख खर्च भइसकेको र हालसम्म ऋण गरेर उपचार गरिएको श्रीमान्को भनाई छ । अब थप उपचार गर्न रकम नभएपछि सहयोगको अपेक्षा गरिएको सुसिलाकी सासु नयन राजवंशीले बताइन् ।
सानो टाटीले बारेको घर, भएको सम्पत्ती पनि उपचारमा मै सकियो । अब ऋण लिने ठाउँपनि छैन । सासु नयन राजवंशीले विलौना गर्दै भनिन् । विरामी सुसिलाले रुँदै आफुलाई बचाई दिन आग्रह गरेकी छिन् ।
हाल सुशिलालाई विराटनर स्थित विराट टिचिङ अस्पतालमा उपचार गरिदै आइएको छ । विराटनगरमा आफन्तको घरमा बसेर दिनहुँ ड्रेसिङ्ग गर्नु पर्ने र उनका श्रीमानले बाहिर गएर कमाउन नपाउने भएर राजवंशी परिवार झन आर्थिक संकटमा पुगेको स्थानीय समाजसेवी दुर्गा नेम्वाङ्गले बताए । राजवंशी परिवारको अवस्था धेरै जानुक भयो । परिवारको एउटा सदस्य लामो समय विरामी हुँदा भएको सम्पत्ती पनि सकियो । समाजसेवी नेम्वाङ्गले भने, उहाँलाई सबैले सहयोग गरेर उहाँका सन्तानहरुलाई टुहुरा हुनबाट बचाउन हामी सबैमा आग्रह गर्दछु । सुशिलाको एक छोरा एक छोरी छन् ।












