बिर्तामोड । झापाको बाह्रदशी – ७ लगाइएको केरा खेतीमा हावा हुरीका कारण ठूलो क्षति पुगेको छ । आज साँझ आएको पानसँगको हावाहुरीले ४० विगाह क्षेत्रफलमा लगाइएको केरा खेतीमा लाखौंको नोक्सान गरेको हो ।

केराखेतीमा आधाभन्दा धेरैमा क्षति पुगेको जनप्रतिनिधि समेत रहेका किसान मिलन संग्रौलाले जानकारी दिए ।

संग्रौलाका अनुसार ५० प्रतिशत केरामा क्षति पुगेको छ । उनले लगाएको अढाई विगा क्षेत्रफलको केरामा शतप्रतिशत क्षति भएको जानकारी दिए । एक विगा बराबर ३ लाखदेखी ४ लाखसम्म क्षति हुने उनको अनुमान छ । चिनी चम्पा जातको केरा खेतिबाट अहिले किसानले विक्री समेत गरिरहेका थिए भने कतिपयको पोसाउने बेला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0