शिवसताक्षी । झापाको शिवसताक्षीमा बौद्ध छ्योर्तेन गुम्बा निर्माण हुने भएको छ । शिवसताक्षीको वडा नं. ०९ मा बौद्ध छ्योर्तेन व्यवस्थापन समिति गुम्बा निर्माण गर्न लागेको हो ।
आज शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त गुम्बाको शिल्यान्यास गरेका छन् । स्थानीय गंगाराम तामाङ्ग परिवारले निशुल्क जग्गा उपलब्ध गराएपछि समिति गुम्बा निर्माणमा जुटेको हो ।
गुम्बा निर्माणका लागि लामा गुरुहरुबाट विशेष पुजा आरधना गरी शिल्यान्यस गरिएको बौद्ध छ्योर्तेन व्यवस्थापन समितिले जनाएको छ ।
बौद्ध गुम्बा काठमाण्डौमा भएको गुम्बाकै मोेडेलमा निर्माण हुने बौद्ध छ्यिोर्तेन व्यवस्थापन समितिका अध्यक्ष गंगाराम तामाङ्गले जानकारी दिए । उनका अनुसार ४ करोड माथिको लगानीमा गुम्बा निर्माण हुन लागेको हो । उनले भने, निर्माण कार्य पुरा हुँदा यति नै खर्च लाग्छ भन्ने छैन । पाँच देखि १० वर्षमा निर्माण कार्य पुरा गर्ने लक्ष्य लिएका छौ । निर्माण कार्य पुरा गर्न समय लाग्ने भएकाले निर्माण सामाग्रीको मूल्य उदाव चडाव हुन सक्ने हुँदा ४ करोड माथिको लागत लाग्ने अनुमान गरेका छौ ।

गुम्बाका लागि हाल साढे सात कठ्ठा क्षेत्रफलको जग्गा रहेको छ। जसमा ४ कठ्ठा जग्गा गंगारामको परिवारमा निमा र तावा तामाङ्गले उपलब्ध गराएका हुन् भने, डेढ कठ्ठा जग्गा आफ्ना आमा बुबा नरबहादुर याङजी तामाङ्ग स्मृतिमा संस्थालाई प्रदान गरेका हुन । गुम्बा निर्माणका लागि २ कठ्ठा जग्गा भिमबहादुर तामाङ्गकी श्रीमती स्व.सुकमाया तामाङ्गले प्रदान गरेको छ्योर्तेन व्यवस्थापन समितिले जनाएको छ ।
बौद्ध गुम्बा ६६ फिट अग्लो हुने बताइएको छ । गुम्बा निर्माणका लागि स्थानीय तह , प्रदेश सरकार, संघीय सरकारसँग बजेट माग गर्ने, स्थानीय दाताहरु, देश विदेशमा रहेका सहयोगी नेपालीहरुबाट सहयोग मिल्ने बौद्ध छ्योर्तेन व्यवस्थापन समितिका महासचिव मोहन तामाङ्गले जानकारी दिए । शिल्यान्यासका क्रममा बौद्ध छ्योर्तेन व्यवस्थापन समितिले गुम्बा निर्माणका लागि पहिलो दातालाई सम्मान गरेको छ । समितिले १ लाख १११ हजार प्रदान गर्ने सोएल तामाङ्गलाई सम्मान गरेको हो । उनले आफ्नो पिताको स्मृतिमा गुम्बा निर्माणका लागि रकम प्रदान गरेका थिए ।












