विर्तामोड । प्रसिद्ध गीतकार टीका भट्टराई नेपालको गीति संग्रह ‘माटोको सुगन्ध’ माथि नारायण गोपाल स्मृति प्रतिष्ठान, विर्तामोडको आयोजनामा एक विशेष विमर्श कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विर्तामोडको भद्रपुर रोडस्थित साई पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाली संगीत क्षेत्रका चर्चित गीतकार, गायक तथा रेडियो नेपालका पूर्व निर्देशक डा.टीका भण्डारीले गीतकार टीका भट्टराईको ‘माटोको सुगन्ध’ गीति संग्रहको सिर्जनात्मक यात्राका अनुभव तथा भावनाहरू साझा गर्नुभएको थियो।

आख्यानकार पुण्यप्रसाद खरेलले गीतकार टीका भट्टराईको गीतसाधनाको प्रशंसा गर्दै भविष्यमा अझ प्रगति र सफलताको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा पूर्व सांसद हरिचरण शिवाकोटी, जिल्ला समन्वय समिति झापाका उपसभापति शान्ता रोका, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, अनिरुद्र ओली, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख उमानाथ ओली, केशव आचार्य, विवश बलिभद्र कोइराला, तथा खगिन्द्र खुसीजस्ता प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कवि विवश बलिभद्र कोइरालाले ‘माटोको सुगन्ध’ गीति संग्रहको समग्र विश्लेषण तथा विमर्श प्रस्तुत गर्नुभयो। उनले संग्रहमा रहेका गीतहरूको सामाजिक, साहित्यिक तथा भावनात्मक गहिराइको चर्चा गर्दै संग्रहलाई समसामयिक गीतसाहित्यमा महत्वपूर्ण योगदानका रूपमा व्याख्या गर्नुभयो।

कार्यक्रममा मिलनकुमार ढुङ्गाना, जयप्रसाद आचार्य, भगवती ढुङ्गेल, गणेश निरौला, गीता सुवेदी नेपाल, शिवकुमार पौडेल, देशु वनेम, दिलिप घिमिरे, मिना अधिकारी, जय भण्डारी, हस्त परियार, पूजा दाहाल लगायतका साहित्यकार तथा सर्जकहरूले ‘माटोको सुगन्ध’का रचनाहरू र आफ्ना काव्यकृति वाचन गर्नुभएको थियो।

कार्यक्रममा नारायण गोपाल स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0