संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका –२ बालामा एक घरमा आगलागी भएको छ ।विहीबार साँझ पेलुम्बा टोलका भक्तबहादुर कुलुङको घरमा आगलागी भएको हो ।
घर भित्रैको अगेनाबाट आगो लाग्न सुरु गरेको स्थानीय राजन मेवाहाङले जानकारी दिए। अगेना माथीको सराङमा सुकाएको कोदोबाट आगो लाग्न सुरु भएको बताइएको छ ।
आगलागीबाट जस्ताले छाएको दुई तले घर जलेर नष्ट भएको छ । मानबीय क्षति नभएपनि आफुले लगाएको लुगा बाहेक बाँकी सरसमान जलेर नष्ट भएको मेवाहाङले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












