शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकालाई आगामी २०८३ सालको अन्त्य सम्ममा बाल मैत्री घोषणा गर्न सामुहिक प्रतिबद्धता जनाएका छन् ।
शिवसताक्षी नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि दुई दिवसीय अभिमुखिकरण र रणनीतिक योजना पूर्व कार्यशालामा सहभागीहरुले बालमैत्री नगर घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बालमैत्री नगर घोषणा ५१ ओटा सुचकहरु पुरा गर्नु पर्ने प्रावन्धन रहेको छ । अभिमुखिकरणमा तोकिएका सुचकहरुलाई पुरा गर्नका लागि बजेटको व्यवस्थापन, जनप्रतिनिधि, राजनीतिक दल, स्वास्थकर्मी, सञ्चारकर्मी र सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिकाको विषयमा बृहत छलफल गरिएको थियो ।
तोकिएका सुचकहरु मध्ये धेरै सूचकहरु नगरपालिकाले पुरा गरेको र केही सूचक पुरा गर्न बाँकी रहेकाले आजैबाट काम सुरु गर्नु पर्ने शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले जानकारी दिइन् । उनले बाँकी कामहरुलाइ रणीतिक योजना बनाएर काम गर्नु पर्ने बाध्यता छ । सबैको साथ र सहयोग भएमा तोकिएको अवधिमा हामीले बालमैत्री नगर घोषणा गर्न सकिने अधिकृत तम्बाहाङ्फेको भनाई थियो ।
नेपालले सन १९९० मा बाल अधिकार महासन्धिमा हस्ताक्षर गरेको र नेपालको संविधान २०७२ ले बाल अधिकारलाई मौलिक हकको रूपमा स्थापित गरिसकेकाले बालमैत्री स्थानीय शासनको कार्यान्वयन अपरिहार्य छ ।
अभिमुखिकरण सहजिकरण एस. संकल्प नेपालले गरेको थियो भने नेपाल बाल अधिकार परिषद्, कोशी प्रदेशका समन्वय अधिकृत सुमन अधिकारी सहजीकरण गरेका थिए ।
कार्यक्रममा नगर कार्यपालिकाका सदस्यहरू, विभिन्न राजनीतिक दलका नगर अध्यक्षहरू, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख, नगर उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस, नेपाल स्काउट, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, विषयगत शाखा प्रमुखहरू, बाल क्लब प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका, जेसीज र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।












