शिवसताक्षी । झापाको शिवसताक्षीमा जनजाति आदिबासी नेत्रहिन संघ झापाले प्राण दान (छेतार) कार्यक्रम गरेको छ । प्राणी कल्याण, पितृ उद्धार र विश्व शान्तिका लागि प्राण दान गरेको हो ।

संघले शिवसताक्षीको माइधार टाँसी छोलिङ्ग गुम्बामा एक कार्यक्रम गर्दै कनकाई नदिमा ७ केजी माछाको भुरा छोडेको छ ।प्राणीले यो धर्तीमा स्वार्थ भई बाँच्च पाउनु पर्छ भन्ने उद्देश्यले तामाङ्ग समुदायले प्राण दान गर्ने प्रचलन रहेको छ ।

आदिबासी नेत्रहिन संघले लामा गुरुहरुले विभिन्न धार्मिक कार्य गरिसकेपछि माछाका भुरालाई कनकाई नदिमा छाडिदिएको आदिबासी नेत्रहिन संघ झापा अध्यक्ष भोजराज तामाङ्गले जानकारी दिए । उनका अनुसार आनन्द राई, भरत राजवंशी, दिलकुमार राजवंशी, गीता देवी यन्जोन, नयन सिंह राई, निर्मला तामाङ्ग,मोहन कार्की, भिमकुमारी राई भोजराज तामाङ्ग, प्रदिप राजवंशीले निशुल्क माछाका भुरा उपलब्ध गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि आचार्य पूर्ण पाख्रिन, नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङ्देन लगायतले भुरालाई कनकाई नदिमा छोडिदिएका हुन् ।

तामाङ समुदायले गर्ने ूप्राण दान छेतार एक विशेष धार्मिक तथा सांस्कृतिक अनुष्ठान हो जुन बौद्ध परम्परासँग सम्बन्धित छ। यो अनुष्ठान मुख्यतः बोन वा लामाको माध्यमबाट गरिन्छ र यसलाई जीवन उर्जा पुनःस्थापना वा आयु रक्षा गर्ने क्रियाका रूपमा लिइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0