सरोज भट्टराई
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ ले पूर्वाधार विकास, कृषि र शिक्षा विकासमा काम गरेको पाइएको छ । चालु आर्थिक वर्षमा वडाका नागरिकहरुलाई लक्षित गर्दै वडाका सडकहरु कालोपत्रे र स्तरोन्नती गरेको ८ नम्बर वडा कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा वडाबाट विनियोजित बजेटबाट १६ ओटा लामा छोटा बाटोहरु स्तरोन्नती गरेको वडाध्यक्ष सन्त फेउदिनले जानकारी दिए । वडाका अधिकांश बाटाहरुको स्तरोन्नती भएका छन् । केही बाटोहरुको काम निरन्तन्तर चलिरहेको उनले बताए ।
वडा नं. ८ मा करिब ९ किमी बाटो कालो पत्रे भएको छ । चालु वर्षमा शान्तिटोल दक्षिण १२० मिटर, शितल चौक दक्षिण ५०० मिटर, विकास चौक हुँदै मंगलबारे जाने ३५० मिटर सडक वडाले कालोपत्रेको तयारीमा रहेको छ ।
त्यस्तै सडक निर्माणका लागि झिलझिले बजार दक्षिण ढुंगेलचौकदेखि सतासी खोलासम्म २०० मिटर डे«न निर्माण गरिएको छ । वडाका दुई ओटा बजार रहेका छन् । जसमा झिलझिले बजारमा इन्टरलक ब्लक विच्याइको छ भने, डुँडामारी बजारमा सडक निर्माण भइसकेको वडध्यक्ष फेउदिनले जानकरी दिए ।

वडा भित्र चार ओटा सामुदायिक विद्यालय रहेका छन् । जसमा एक मावि र ३ ओटा आधारभूत विद्यालय छन् । वडाले उक्त विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा आवश्यक प्रिन्टर र ल्यापटोप वितरण गरेको छ। श्री झिलझिले माविमा फोटोकपी सहितको प्रिन्टर र भगवती आधारभूत, अरुणोदय आधारभूत र सरस्वती आधारभूत विद्यालयमा १÷१ थान ल्यापटप वितरण गरेकोे छ । गएको वर्ष विद्यार्थीहरुलाई विद्यालयसम्म आवत जावत गर्न सहज होस भन्ने उद्देश्यले श्री भगवती आधारभूत विद्यालय र श्री अरुणोदय आधारभूत विद्यालयलाई सिटी सफारी प्रदान गरिएको वडाध्यक्ष फेउदिनको भनाई छ ।
वडामा रहेका विपन्न परिवारका महिलाहरुलाई सिलाई कटिङ्ग तालिम सञ्चालन गरेको छ । जसमा १० जना महिलाहरुले सीप सिक्ने आवसर प्राप्त गरेका छन् । सीप सिक्न चाहने महिलाहरुले दिएको निवेदनबाट छनोट गरी तालिम दिइएको वडासचिव पुष्पलाल पाण्डेले जानकारी दिए । त्यस्तै वडामा भएका विपन्न बेरोजगार युवाहरुलाई ड्राइभिङ्ग तालिम सञ्चालन गरेको थियो । जसमा १६ जनाले ड्राइभिङ्ग तालिम लिई १४ जनाले लाइन्सेन्स निकाल्न सफल भएको वडा सचिवको पाण्डेको भनाई छ।
वडाका विपन्न नागरिकहरुलाई औषधि उपचारमा पहुँच पुर्याउन विमा कार्यक्रम लागु गरिएको वडाध्यक्ष फेउदिनले बताए । उनले भने, गएको वर्षहरुमा स्वास्थ्य विमा लागु गरेर धेरै विपन्न नागरिकहरुले सहुलियतमा औषधि उपचार गराएका थियौं । चालु वर्षमा विमा कार्यक्रम राखिएन तर हाल जनगुनासो आएकाले २०८२÷०८३को बजेटमा पुनः निशुल्क विमा कार्यक्रम राख्ने योजना रहेको छ ।
त्यसैगरी वडाका नागरिकहरु मृत्यु भएमा मृत्यु संस्कारमा सहयोग पुर्याउने उद्देश्यले मृत्यु संस्कार राहत कार्यक्रम अन्तर्गत वडाले ४३ जनाको मृत्यु संस्कारमा सहभागी भएको छ । वडाले प्रत्येक मृतककको परिवारलाई राहत स्वरुप नगद ५ हजार प्रदान गर्दै आएको छ ।
वडाले सुत्केरी पोषण कार्यक्रम अन्तर्गत ५१ जना सुत्केरी महिलालाई सुत्केरी पोषण सामाग्री प्रदान गरेको वडा कार्यालयले जनाएको छ । जसमा एक सुत्केरी महिला बराबर ५ हजार बराबरको खाद्य सामाग्री प्रदान गर्दै आएको छ ।

वडाको झिलझिले बजारमा शुद्ध पिउने पानीको अभाव रहेको छ । शुद्ध पिउने पानीको अभावहुँदा झिलझिले बजारबासीले आइरन युक्त पिउने पानी खान बाध्य छन् । वडाध्यक्ष फेउदिनले लामो समय शुद्ध पिउने पानीको अभाव हुँदा समस्यामा परेको जानकारी दिए । झापाको सुगम क्षेत्र भएर पनि पिउने पानीको लागि दुर्गम जस्तो भएर यहाँका नागरिक बाँचेका छन् ।
झिलझिले बासीले शुद्ध पिउने पानीको व्यवस्था गर्न वडा नं. ११ मा झिलझिले खानेपानीको आयोजना निर्माणको चरणमा रहेको वडाध्यक्ष फेउदिनको भनाई छ। झिलझिले खानेपानीको हाल जमिनमुनी बोरिङ्ग भइसकेर ओभरहेड ट्यांकीको निर्माण कार्य पुरा भएको छ । झिलझिले खानेपानी सरसरफाई उभोक्ता समितिका अध्यक्ष गंगा तिम्सिनाका अनुसार खानेपानीको लागि अब विद्युत, जडानका लागि ट्रास्फरमर, फिल्डर ट्ंयांकी पाइप लाइन विस्तारको काम गर्न बाँकी रहेको छ । बजेटको अभावले खानेपानी निर्माण पूरा गर्न लामो समय लागेको अध्यक्ष तिम्सिनाको भनाई छ ।
प्रदेश सरकारले वर्षेनी सानो रकम पठाउने गरेकाले एकै वर्षमा आयोजनाको काम पुरा गर्न नकिएको उनको भनाई छ । यता वडाध्यक्ष फेदिन भन्छन्, आफ्नै कार्यकालमा झिलझिले बजारबासीले शुद्ध पिउने पानीको खुवाउने लक्ष्य लिएको छु । वडाध्इक्ष फेउदिनले आफुले चुनावताका जनतालाई दिएको बाचा ८० प्रतिशत पुरा गरेको जानकारी दिए । वडाका नागरिकले कम्तिमा गाँस, बास र कपासको व्यवस्था हुनु पर्छ भन्ने मान्याताका आधारमा काम गरेको वडाध्इक्ष फेदिनको भनाई छ ।












