झापा । कोशी प्रदेशका चार जना सांसद् चढेको गाडी मोरङको कानेपोखरीमा आज दुर्घटनामा परेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा५च ३५२० नम्बरको रातो कारले विराटनगर जाँदै गरेको बीएइ १४०६ नम्बरको सांसद्हरु सवार कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बीएई १४०६ नम्बरको कारमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार हुनुहुन्थ्यो ।

सांसद्हरु सवार गाडीलाई ठक्कर दिने कारका चालक जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्का भएको जानकारी प्राप्त भएको छ ।खड्का गाडीमा निदाएका कारण दुर्घटना भएको बताइएको छ ।

सांसद् सवार कारका चालक झापा दमक वडा नं। १ का ४० वर्षीया भेषराज श्रेष्ठ रहेको प्रहरी स्रोतले जनाएको छ । दुर्घटनाका कसैलाई पनि चोटपटक लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0