शिवसताक्षी । झापा शिवसताक्षी ३ स्थित भानु माध्यमिक विद्यायलका विद्यार्थीहरुलाई निशुल्क पाठ्यपुस्तक वितरण गरिएको छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा स्थानीय समाजसेवी मचिन्द्र सेर्माले उक्त विद्यालय कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरेका हुन । विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीलाई ३० हजार बढीको पाठ्यपुस्तक वितरण गरिएको थियो ।

विद्यायलमा  अंग्रेजी माध्यमबाट अध्ययन गर्ने विपन्न विपन्न परिवारका बालबालिकाहरुलाई पाठ्य पुस्तक वितरण गरिएको भानु माविका शिक्षक संजय राईले जानकारी दिए । पाठ्यपुस्तक वितरणका क्रममा समाजसेवी मचिन्द्र सेर्माले शिक्षामा कुनै पनि विभेद गर्न नहुने बताए । विपन्न परिवारका बालबालिकाहरु किताब किन्न नसकेर पठाईबाट बच्चित हुनु हुँदै भन्ने हाम्रो मान्यता हो । उनले भने, यसमा मैले बालबालिकाहरुको भविष्यलाई मध्यनजर गर्दै सानो सहयोग गरेको हो ।

कार्यक्रममा वडाध्यक्ष भाष्कर न्यौपाने दाता सेर्मालाई धन्यवाद दिएका थिए । कक्षा ४ र ५ मा अध्ययन गर्ने सबै ४१ जनालाई विद्यार्थीहरुलाई अग्रेजी पुस्तक र १ देखि कक्षा ५ मा अध्ययन गर्ने विपन्न परिवारका बाललिकाहरु २१ जनालाई सेटै पाठ्य पुस्तक प्रदान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर राई शिक्षक अभिभावक संघका अध्यक्ष रोहितकुमार बाँस्तोला लगायत विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0