शिवसताक्षी । झापाको शिवसताक्षीमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीयतहको भूमिका विषयक अन्तरक्रिया गरिएको छ ।

कोशी प्रदेशमा भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशव्यापी अभियान अन्गर्तत शिवसताक्षीमा कार्यक्रम गरेको हो ।

कार्यक्रममा भष्ट्रचारका प्रकृति, भष्ट्रचार नियन्त्रण कसरी गर्ने, भष्ट्रचारमा गर्नमा को कसरी जिम्मेवार हुन्छन् भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रमका सहजकर्ता अख्तियार दुरुपयोग अनुन्धान आयोजकका उपसचिव तथा सुचना अधिकारी निरजकुमार देवले अख्तियारमा समग्र हेर्ने हो भने स्थानीयतहका ५४ प्रतिशत उजुरी पर्ने गरेको बताए । उनले उजुरी परेपछि उजुरीको र उजुरी गर्दा दिएको प्रमाणलाई पनि अनुसन्धान गरिने जानकारी दिए । उजुरी परेपछि अख्तियारले त्यसलाई कसरी कार्वाही अगाडी बढाउछ भन्ने विषयहरु समेत जानकारी गराइएको थियो ।

लिखित, मौखिक, समाजिक सञ्जाल, अनलाइन पत्र पत्रिकामा आएको सूचना समाचार पनि भष्ट्रचारको उजुरी मानिने उपसचिव देवले बताए । भष्ट्रचारको उजुरी परेपछि व्यक्ति वा फर्मको काजगज पत्र झिकाउने, स्थलगत निरिक्षण गर्ने र गम्भिर प्रकृतिको भष्ट्राचार गरिएको ठहरिए जेल समेत जानु पर्ने हुनसक्ने उपसचिव देवको भनाई थियो ।

नेपालमा सार्वजनिक सेवा कार्यालय, शिक्षा, स्वास्थ्य, भन्सार, कर प्रशासन, र सार्वजनिक ठेक्का प्रणाली भ्रष्टाचारका प्रमुख क्षेत्रका रूपमा चिनिएका छन्। नागरिकता, जग्गा दर्ता, अनुमतिपत्र, निर्माण ठेक्का, र भन्सार प्रक्रियामा घूस र अनियमितता व्यापक देखिने गरेको उपसचिव देवको प्रस्तुत गरेको तथ्याङ्कले देखाएको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै प्रकाशित गरेको २०२४ को भ्रष्टाचार धारणा सूचकांक (CPI) मा नेपाल १०७औँ स्थानमा रहेको कार्यक्रममा जानकारी गराइयो।। नेपालले १०० मध्ये ३४ अंक प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको ३५ अंकभन्दा एक अंकले कम हो। यसले देशमा अझै पनि सुशासन कायम गर्न ठूलो प्रयास आवश्यक रहेको संकेत प्रस्तुतिमा सचित्र आशा गरिएको थियो।

कार्यक्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख खगेन्द्रप्रसाद दुलालले भष्ट्राचार नियन्त्रणका लागि आयोग मात्र नभई नागरिक पनि जिम्मेवार हुनु पर्ने बताए । आयोगको मात्र केही लाग्दैन, आयोगले परेका उजुरी उपर अनुन्धान गरी कार्वाही अगाडी बढाउने हो । उनले भने, नागरिक तहदेखि नै भष्ट्राचार गर्नु हुँदैन भन्ने मान्यता राखेर काम गरियो भने, भष्ट्रचार न्युनिकरण तर्फ जान्छ ।

आयोगका अध्यक्ष दुलालले सहभागीहरुको जिज्ञासालाई उत्तर दिदै शिवसताक्षीबाट गत वर्ष ३ वटा र चालु आ.व.मा ७ ओटा उजुरी परेको जानकारी दिए । जसमा ६ ओटा उजुरी फच्र्याेट भएका छन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले भ्रष्ट्रचार रोक्न नगरपालिकाले भुमिका खेल्दै आएको बताए । उनले भने, काम गर्दै जाँदा कतिपय कामहरु गर्न कानुनी अङ्चन हुने, हामी राजीतिक तरिकाबाट आएका हुनाले नागरिकको काम छिटो गर्न खोज्दा कानुनले बाधा गरेको गुनासो समेत गरे । जनप्रतिनिधिले काम र व्यवहार, कर्मचारीले कानुन हेर्न भएकाले कतै कतै तालमेल नमिलेको जस्तो देखिने समेत नगरप्रमुखको भनाई थियो ।

सहभागीहरु दिपक पोख्रेल, चन्द्रहाङ्ग योङ्हाङ्ग, भवानी विक्रम चेम्जोङ, भाष्कर न्यौपाने लगायत करिब १५ जनाले जिज्ञासा राखेका थिए । सहभागीहरूले सेवा प्रवाहमा ढिलासुस्ती, विकास निर्माणमा अनियमितता, ट्राफिक प्रहरीद्वारा चेकिङको नाममा हुने रकम असुली, र सरकारी कर्मचारीको गैरजिम्मेवारीपूर्ण व्यवहारप्रति चासो व्यक्त गरे।

कार्यक्रममा उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0