शिवसताक्षी । झापा शिवसताक्षीको शिवगञ्ज बजारमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध सडक नाटक देखाइएको छ । जहा विपत त्यहाँ सुरक्षा, लागुऔषध न्युनिकरण हामी सबैको इच्छा भन्ने मुल नारा सहित शिवसताक्षी नगरपालिका वडा नं. ६ आयोजनामा सडक नाटक तथा चेतनामुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले गरेका हुन् । नगर प्रमुख थोप्राले लागु औषध दुव्र्यसनी रोकथाम तथा न्यूनिकरण गर्न ठूलो चुनौति रहेको बताए । उनले नगरपालिका, प्रहरी प्रशासनले मात्र लागुऔषध दूव्यर्सन रोक्न समस्या भएकाले आम नागरिकले पनि यसमा भूमिका खेल्नु पर्ने बताए ।

त्यस्तै वडाध्यक्ष मनोज खुलाल कार्कीले झापा लागु औषध दुव्र्यसनीको अखडाको रुपमा चिनिन थालेकाले वडाले स्थानीय स्तरबाटै दुव्र्यसनीको न्युकिरणका लागि काम गर्नु पर्ने उद्देश्य राखेर कार्यक्रमको आयोजना गरेको बताए । स्थानीय स्तरका नागरिकको मनोविज्ञान पनि परिर्वतन गर्नु पर्छ । उनले भने, यसो गरिएन भने लागु औषध सेवन गर्ने व्यक्तिहरुलाई पक्राउ गरेर मात्र समस्या समाधान हुने देखिदैन ।

कार्यक्रममा धनकुटाका कलाकारहरुले लागु पदार्थ दुव्र्यसनी सम्बन्धी चेतनामुलक सडक नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेल, शसस्त्र प्रहरी बलका उपरिक्षक निरन्जन भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम शसस्त्र प्रहरी बल ३८ रिजर्भ गण लखनपुर झापाको सहकार्य, अविको मिडिया हव प्रालि धनकुटाको संयोजनमा भएको थियो ।

शिवसताक्षी नगरपालिकाका कार्यपालिका सदस्य गोमा रिजालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिका राजश्व शाखा प्रमुख विमल बास्कोटाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0