शिवसताक्षी । झापाको शिवसताक्षी सञ्चालन गरिएको निशुल्क पशु स्वास्थ्य शिविर ३ हजार ५१ पशुको निशुल्क उपचार गरिएको छ । गएको बैशाख १ गतेदेखि शिविर विभिन्न समय गरेर जेष्ठ ८ गतेसम्म सञ्चालन भएको थियो ।

शिविर शिवसताक्षीको वडा नं. ६, ७, १० र ११ मा सञ्चालन भएको शिवसताक्षी नगरपालिका पशु सेवा शाखाले जनाएको छ ।
जसमा गाई ४८० ओटा,भैसी १०२, बाख्रा १५०७, बंगुर २३१, कुकुर ५१, कुखुरा ६५० ओटाको निशुल्क उपचार गरिएको पशु सेवा शाखा प्रमुख राम अवतार यादवले जानकारी दिए ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको प्राविधिक सहयोगमा नगरले बृहत पशु स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा बाख्रा, गाई, भैँसी र बंगुरको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको पशु सेवा शाखाका प्रमुख यादवले जानकारी दिए । उनका अनुसार ३० पशुलाई बन्ध्याकरण समेत गरिएको थियो ।
नगरस्तरीय शिविरमा पशुको गोवर र खोपलगायतको सुविधा प्रदान गरिएको थियो । जुका, माटे, भिटामिन, घाउखटिरा, जुम्रा र उपियाँको उपचार तथा औषधि वितरण गरिएको नगरपालिकाले जनाएको छ ।












