बुटवल । बुटवल उपमहानगरपालिको होराइजन चोकमा आमासहित दुई बच्चाको बीभत्स हत्या गरिएको छ।
होराइजन चोकस्थित मिलिजुली पथमा बुधबार बिहान आमा र दुई बच्चासहित तीन जनाको बीभत्स हत्या पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए ।
आमा ३३ वर्षकी दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरिएको प्रवक्ता कार्कीले बताए । हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा सुरज कोइराला रहेका छन् ।
डिभोर्स भएर अर्कैसँग बिवाह गरी गएकी पूर्व श्रीमतीलाई पूर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजी ४ बजेतिर हत्या गरेको प्रहरीको भनाइ छ ।
यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । घटना बुधबार बिहान ४ बजेतिर भएको हो । हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्षअघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका बताइएको छ ।












