शिवसताक्षी। झापा शिवसताक्षी वडा नं. ३ का शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पौष्टिक आहार वितरण गरिएको छ। आज वडा कार्यालयमा एक कार्यक्रम गर्दै वडा का ३४ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पौष्टिक आहार वितरण गरिएको हो ।

वडाले सिलिङ बजेटबाट बिनियोजित ५० हजार बराबरको हर्लिक्स, जुस, सर्बोतम पिठो ,बिस्कुट लगायतका पौष्टिक आहार बितरण गरिएको वडा सचिब बिनिषा बाँस्कोटाले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष भष्कर न्यौपानेले अशक्त नागरिकहरूको स्वास्थ्यको स्थान राख्दै तन्दुरुस्त गराउनको लागि पौष्टिक आहार आवश्यक भएको बताए । । उनले सोही अनुसार पौष्टिक खानेकुरा वितरण गरेको पौष्टिक खानेकुराई मिलाएर खान अनुरोध समेत गरेका छन् । वडाध्यक्ष न्यौपानेले थोरै बजेटबाट अपाङ्ग नागरिकहरुलाई साहयक सामग्री वितरण गर्न अपुग हुने भएकाले पौष्टिक आहार बितरण गरिएको बताए ।

पौष्टिक आहर प्राप्त गर्दै लाभग्राहीहरु इन्दिरा कटुवाल र नगेन्द्र सुजीले वडाले गरेको कामको प्रशंसा गर्दै हरेक वर्ष यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

हाल वडामा सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राही संख्या ३४ जना भएको र अपाङ्गता संख्या भने ५० जनाको हाराहारीमा रहेको वडा कार्यलयले जनाएको छ ।

कार्यक्रममा वडा सदस्यहरु तिर्था दर्जी,लासाङ दोर्जे तामङ,शंकर राईले शुभकामना मन्तब्य राखेका थिए । वडाध्यक्ष भाष्कर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तब्य वडा सदस्य मुनाकुमारी तामाङले गरेको कार्यक्रमको संचालन वडा सचिब बिनिसा बास्कोटाले गरेको थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0