शिवसताक्षी । झापाको शिवसताक्षीमा आयोजित जलबायु परिवर्तन र यसको शीर्षकमा भएको वक्तत्वकला प्रतियोगितामा सतासीधाम बहुमुखी क्याम्पसकी अनिसा बोहोरा (दाहाल) प्रथम भएका छन् ।

त्यस्तै कन्काई क्याम्पस सुरुङ्गाका अस्विन धिताल दोस्रो, युनिक क्याम्पस सुरुङ्गाकी दीक्षा पाठकले तेस्रो स्थान हासिल गरेको सताक्षीधाम साहित्य संगमले जनाएको छ ।

त्यस्तै युनिक क्याम्पसका राजु मण्डल र कन्काई क्याम्पसकी करुणा गौतम सान्त्वना विजेता घोषित भए। प्रतियोगितामा विजेता हुनेलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको संस्थाका अध्यक्ष उमानाथ दाहालले जानकारी दिए ।
सताक्षीधाम साहित्य सङ्गम शिवसताक्षी दुधेको आयोजनामा तथा रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाको प्रायोजनमा शुक्रबार दुधे स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको सभा हलमा झापा क्षेत्र न. ४ अन्तर्गतका क्याम्पसहरूबीच क्याम्पसस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो ।

‘जलवायु परिवर्तन र यसको असर’ शीर्षकमा आयोजित प्रतियोगितामा चार क्याम्पसका नौ जना विद्यार्थीहरू सहभागी थिए । कार्यक्रमको प्रमुख आतिथ्य शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ् थोप्राले गर्नुभएको थियो भने प्रायोजक संस्थाका अध्यक्ष श्री गंगाप्रसाद ओली विशिष्ट अतिथिको रूपमा उपस्थित रहनु भएको थियो ।  वक्तृत्वकलाको निर्णयाकमा पूर्व क्याम्पस प्रमुख हेम अधिकारी र प्राध्यापक कमल भट्टराई रहेका थिए ।

सताक्षीधाम साहित्य सङ्गमका अध्यक्ष उमानाथ दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रायोजक संस्थाका कोषाध्यक्ष यज्ञराज (गोपाल) ओली, सहसचिव नारायणप्रसाद ओली, सदस्य नारदमणि न्यौपाने, श्री छिमेकी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष उदयप्रकाश राई, सदस्य पर्शुराम ढुंगाना, कार्यकारी निर्देशक नरप्रसाद ओली, विभागीय प्रमुख माधवप्रसाद पोख्रेल, ऋण समितिका निरोज दुलाल, प्रतिष्ठानका संस्थापक सदस्य शारदादेवी ओली र उर्मिला ओली, महिला मौरीपालन कृषि सहकारी संस्थाका व्यवस्थापक देवी दाहाल, नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीका अध्यक्ष गोविन्द काफ्ले लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सताक्षीधाम साहित्य संगमका सदस्य श्रीप्रसाद खरेलले स्वागत गरेका थिए भने, संस्था सचिव यादवप्रसाद घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमा सय बढीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
0