शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० माइधारमा रहेको अस्थायी प्रहरी चौकीको टिनको छाना फेरिएको छ । वडाले ५१ वर्ष पछि पहिलो पल्ट उक्त भवनको छाना फेरिदिएको हो । वि.सं. २०३० सालमा कनकाई सिचाई आयोजनाले उक्त भवन निर्माण गरेको थियो ।

विभिन्न समयमा विभिन्न संघ संस्था वा व्यक्तिले प्रयोग गर्दै आएपनि २०७० सालदेखि सो भवनमा अस्थायी प्रहरी चौकी रहेको शिवसताक्षी नगरपालिका वडा नं. १० का वडाध्यक्ष हर्क सिगुले जानकारी दिए ।

भवनमा लगाइएको टिनका छाना पुरानो भई पानी चुहिने समस्या रहेकाले वडाबाट १ लाख र दोमुखा धार्मिक तथा पर्यटन विकास संस्थाले ५० हजार सहयोगबाट नयाँ छाना लगाइएको वडाध्यक्ष सिगुले बताए । उनले भने, छाना निर्माण भएपछि शान्ति सुरक्षाका लागि खटिने सुरक्षाकर्मीहरुलाई राहत भएको छ । उनका अनुसार छाना ५१ वर्ष पृुरानो भएको रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0