शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १ ले आर्थिक वर्ष २०८१ ÷०८२ मा विनियोजित बजेटका अधिकांश कामहरु पुरा गरेको जनाएको छ । वडाले वडाभित्रका ठूला सडकहरु ९० प्रतिशत कालोपत्रे भएका छन्, भने दुई वडा सडक कालो पत्रे निर्माणको चरणमा रहेको छ ।
संघीय सरकार अन्तर्गत माझी डाँडा सडक १६ सय मिटर कालो पत्रे गरिएको वडावध्याक्ष लक्ष्मी चेम्जोङ्गले जानकारी दिए । अध्यक्ष चेम्जोङ्गका अनुसार वडामा पर्ने रिङ्गरोड अन्तरर्गतको सडक ३ सय मिटर, प्रदेश सरकारको बजेटबाट वडाबाट सिधै नगरपालिका जाने ट्रङरोड सडक १ सय मिटर कालो पत्रे भएका छन् ।

रमाइलो चोकदेखि धनबहादुर भण्डारीको घर जाने बाटो वडाको २ लाख बजेट, लेलु राजवंशीको घर पश्चिम अधुरोबाटो १ लाख ५० हजार र सध्या विष्टको घरपूर्व दुलाल गाउँ जोड्ने सडक वडाको २ लाख बजेटबाट स्तरोन्नती गरिएको छ ।
वडाध्यक्ष लक्ष्मी चेम्जोङ वि.सं. २०४९, २०५४ सालको निर्वाचनमा धरमपुर गाविस वडा नं. ८ का निर्वाचित वडाध्यक्ष हुन् ।
गएको चुनावमा शिवसताक्षी १ बाट वडाध्यक्ष कै पदमा निर्वाचित भए । उनीसँग जनताको काम गर्ने लामै अनुभव रहेको स्थानीय बासी बताउँछन् । वडाध्यक्ष चेम्जोङ्ग भन्छन् । यहाँका मुख्य सडकहरु म पहिलो निर्वाचित हुँदा स्थानीय बासीको जनश्रमदानबाट निर्माण गरिएको हो । हाल ती सडकहरु मेरै पालामा कालोपत्रेको काम गरिएको छ । मुख्य सडकहरु ९० प्रतिशत कालोपत्रे भएका छन् । पछि निर्माण गरिएका साना र छोटा दर्जन बढी सडकहरु सामान्य स्तरोन्नती मात्र गरिएका छन् ।
ठुला सडकहरुमा कालोपत्रेको काम सकिएपछि सानालाई पनि कालोपत्रे गरिने वडाध्यक्ष चेम्जोङ्गले जानकारी दिए ।
वडामा एक मात्र सामुदायिक विद्यालय छ । जुन लक्ष्मी नारायण माध्यमिक विद्यालय हो । उक्त विद्यालयमा अध्यापन गराउने कम्प्युटर शिक्षकलाई वडाले तलबको व्यवस्था गरिएको छ । जसमा विद्यालयले व्यवस्थापन गरेको शिक्षकलाई वडाले वार्षिक ४ लाख खर्च गरिरहेको जनाएको छ । विद्यार्थीको भविष्य र प्रविधि मैत्री गुणस्तरीय शिक्षाका लागि वडा लगानी गरेको वडाध्यक्ष चेम्जोङ्गको भनाई छ । उनले आगामी आ.व.मा उक्त विद्यालयबाट एसईई दिने विद्यार्थीहरुलाई वडाले अतिरिक्त कक्षाको व्यवस्था गरी सबै विद्यार्थीहरुलाई उत्र्तिण गराउन प्रयत्न गरिने बताए ।त्यस्तै धरमपुर चौक पुर्व ढलको स्लाप निर्माण, वडा भित्रका आवश्यक स्थानहरुमा ह्यमपाइप राखिएको वडा कार्यालयले जनाएको छ ।
एशियन हाइवे निर्माणको क्रममा डुवानमा पर्ने खतरा बढेको धरमपुर बजार
वडामा पर्ने लेलिया खोलाले त्यहाँका स्थानीयको जग्गा वर्षौ देखि कटान गरेकाले उक्त स्थानमा तटबन्धन गरी रोकथापन गरिएको छ । वडाले सुत्केरी पोषण कार्यक्रम अन्तर्गत वडाका ३४ जना सुत्केरी महिलाहरुलाई पोषण युक्त खानेकुरा वितरण गरिएको छ । सुत्केरी अवस्थामा आमा र शिशुको स्वास्थ्यलाई मध्य नजर गर्दै वडाले पोषण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । जसमा ध्यु, हर्लिक्स, साबुन र झुल वितरण गरिएको हो । त्यस्तै गरी वडाका किसानहरुका लागि मकै रोप्ने मेसिन वितरण गरिएको छ । जसमा ४२ जना कृषकहरुले ७० प्रतिशत अनुदानमा मकै रोप्ने उपकरण प्राप्त गरेका छन् ।
महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले छनोटमा परेका १० जना महिलाहरुलाई सिलाई कटिङ्गको एडभान्स कोर्ष सञ्चालन गरिएको वडाले जनाएको छ ।

वडाको मुख्य समस्याका रुपमा भुमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासी रहेका छन् । वडाध्यक्ष चेम्जोङ्गले भने, म तेस्रो पटक वडाध्यक्ष भइरहँदा पनि जग्गा धनीपूर्जा वितरणको कार्य गर्न सकिएको छैन । यो पुरानै समस्या हो । सरकारले गठन गरेको भुमि समस्या समाधान आयोगले अन्य पालिकाहरुमा धनीपुर्जा वितरणको काम थाले पनि शिवसताक्षी धनीपुर्जा वितरणको काम सुरु गरेको छैन । वडा नं. १ मा भने जग्गाको नाप नक्सा भइसकेको छ । यहाँका नागरिक अहिले सम्म जग्गा धनीपुर्जाको पर्खाईमा रहेका छन् ।
हाल निर्माणाधि एशियन हाइवेले सडकको उचाई बढाउँदा वडा नं. १ मा रहेको धरमपुर बजार डुवानमा पर्ने खतरा बढेको वडाध्यक्ष चेम्जोङले बताए । आयाजना सँग पटक पटक सडकको छेउमा नाला निर्माणका लागि कुरा राख्दा पनि सुनुवाई हुने देखिएन । आयोजना नालाको स्टमेन्ट नै नभएकाले अहिले निर्माण गर्न नसकिने भन्दै पन्छिने गरेको वडाध्यक्ष चेम्जोङ्गको भनाई छ ।












