कमल । झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

आज बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई शून्यका विरुद्ध ५ गोल गर्दै शिवसताक्षी नगरपालिका फाइनलमा प्रवेश गरेको हो ।

शिवसताक्षी जर्सी नम्बर १२ का खेलाडी उमेश दनुवारले १ गोल, जर्सी नम्बर १४ का खेलाडी सचिन मल्लिकले १ गोल र जर्सी नम्बर ९ का श्रवण मल्लिकले ३ गोल गरेर आफ्नो टिमलाई विजयी दिलाएका हुन् ।

त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा कचनकवल गाउँपालिकालाई शून्यका विरुद्ध २ गोल गर्दै कमल गाउँपालिका फाइनलमा प्रवेश गरेको छ । कमल गाउँपालिकाका तर्फबाट जर्सी नम्बर ८ का सुभाष दाहालले १ गोल र जर्सी नम्बर १२ का सुरज आङ्गदेम्बेले १ गोल गरेर विपक्षी टिमलाई स्तब्ध बनाएका थिए ।

प्रतियोगितामा प्रथम हुने पालिकाले नगद १ लाख रूपैयाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने द्वितीय हुनेले नगद ५० हजार रुपैयाँका साथैमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

त्यस्तै विधागतमा पुरस्कार अन्तर्गत मेन अफ द म्याचले ट्रफी र अन्य विधा अन्तर्गत मेन अफ द टुर्नामेन्टले किपर, बेस्ट डिफेन्डर,। हाई स्कोरर्ले नगद ६ हजार ६ सय छैसठ्ठी रुपैयाँ पाउने छन् । प्रतियोगिताको फाइनल खेल पर्सी शनिबार दिउँसो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0