काठमाडौँ । फुटबलको महाकुम्भ ‘फिफा विश्वकप २०२६’ को मेक्सिको सिटीस्थित ऐतिहासिक स्टाडियो एजटेका रङ्गशालामा एक भव्य समारोहका बीच औपचारिक सुरुआत भएको छ । इतिहासमै पहिलो पटक ४८ राष्ट्रहरू सहभागी भई अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपको उद्घाटनसँगै विश्वभरका फुटबल समर्थकहरूको ध्यान अहिले उत्तर अमेरिकी महाद्वीपमा केन्द्रित भएको छ ।

मेक्सिकोमा आयोजित मुख्य उद्घाटन समारोहमा कलाकारहरूले सुनौलो पोसाकमा सजिएर परम्परागत मेक्सिकन संस्कृति र आधुनिक कलाको रङ्गीचङ्गी प्रस्तुति दिएका थिए । रङ्गशालामा उपस्थित लाखौँ दर्शकको हुटिङ, गडगडाहट ताली र अभूतपूर्व उत्साहले त्यहाँको माहोल निकै रोमाञ्चक, आकर्षक र जीवन्त बनेको थियो । विश्वप्रसिद्ध गायिका शाकिरा र नाइजेरियन स्टार बर्ना ब्वाइले विश्वकपको आधिकारिक गीत ‘दाइ दाइ’ मा प्रत्यक्ष प्रस्तुति दिँदा रङ्गशालाको रौनक अझ थपिएको थियो ।

यो त्रिकोणीय विश्वकपको सुरुआती कडी मात्र हो, जस अन्तर्गत आजै आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच उद्घाटन खेल हुँदैछ । यसैगरी, प्रतियोगिताको ओपनिङ वीकइन्ड (पहिलो सप्ताहन्त) अन्तर्गत भोलि क्यानडाको टोरन्टो र अमेरिकाको लस एन्जलसमा पनि घरेलु टोलीका खेलहरू सुरु हुनुअघि आ-आफ्नै शैलीका विशेष उद्घाटन उत्सवहरू आयोजना गरिँदैछन् । यो औपचारिक उद्घाटनसँगै आगामी एक महिनासम्म चल्ने फुटबलको ऐतिहासिक र विश्वव्यापी महाउत्सव अब आधिकारिक रूपमा सुरु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0