काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा २३०० रुपैयाँले बढेको छ ।

सुन आज तोलामा २३०० रुपैयाँले बढेर तोलाको एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार ५०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ८८५ रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0