कमल । अत्यधिक गर्मी बढेपछि झापाको कमल गाउँपालिकाले पालिका भित्रका विद्यालयहरु बन्द गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै दुई दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरेको जानकारी गराएको हो ।
केही दिन यता कर्मी बढेसँगै पठनपाठनमा समस्या आएका कारण विद्यालदयको पठनपाठन स्थगित गर्नुपर्ने अवस्था आएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए ।
केही दिनयता तराईका जिल्लामा अध्यधिक गर्मी बढेको छ । गर्मीका कारण जनजीवन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












