शिवसताक्षी । झापाको शिवसतासक्षी नगरपालिकाले छड्के अनुगमन गरेको छ । नगरपालिकाले पर्यटकीय स्थल दोमुखामा रहेका पसलहरुको छड्के अनुगमन गरेको हो ।
अनुगमनमा दोमुखा क्षेत्रमा केही म्याद गुज्रेका खाद्य पदार्थहरु फेला परेका छन् । अनुगमन गरिएका १२ ओटा पसल मध्ये ५ पसलबाट कोक, जुस, विस्कुट, चाउचाउ लगायतका सामाग्री फेला परेको थियो । उक्त म्याज गुज्रिएका अखाद्य बस्तुहरुलाई डिस्पेज गरिएको छ ।

अनुगमनका क्रममा अनुगमन समितिका संयोजक तथा उपप्रमुख नरमाया कार्कीले पहिले पहिले चाडपर्वलाई लक्षित मात्र अनुगमन गरिन्थ्यो । अरुबेला पनि अनुगमन गरिदै आएको जानकारी दिइन । पछिल्लो समय व्यपारीहरुबाट पनि अनुगमन गर्नु पर्यो भन्ने सुझाब आउन थालेको उपप्रमुख कार्कीले बताइन् । उनले गएको वर्ष भन्दा चालु वर्षमा शिवसताक्षीका पसलहरुबाट छिट पुट रुपमा म्याद गुज्रिएका अखाद्य पदार्थ भेटिए पनि ठूलो परिमाणमा नभेटिएको बताइन् ।
अनुगमन टोलीमा प्रमुख प्रशा सकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, इलाका प्रशासन कार्यलय दमकका खाद्य विशेषशज्ञ, नगरका राजश्व शाखा प्रमुख विमल बास्कोटा, प्रहरी, लगायत रहेका थिए ।













