शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका १ धरमपुरमा ट्रान्सफर्मर चोरी भएको छ । वडा नं. १ को नरबहादुर तारादेवी स्मृति खानेपानी तथा सरसफाई आयोजनामा जडान गरिएको १०० केभिएको ट्रान्सफर्मर शुक्रबार राती चोरी भएको हो ।

शिवसताक्षी नगरपालिका–१ धरमपुरमा रहेको  नर बहादुर–तारादेवी थापा स्मृति खानेपानी तथा सरसफाइ आयोजना समितिको १०० केभीए क्षमताको ट्रान्सफर्मर चोरी भएको छ।

ट्रान्सफर्मर चोरीसँगै आयोजना मार्फत सञ्चालित खानेपानी आपूर्ति अवरुद्ध भएको छ । ट्रान्सफर्मर चोरीबाट आयोजनालाई करिब १० लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान रहेको छ ।

प्रहरीले चोरले प्रयोग गरेका केही औजारहरू पनि बरामद गरिएको जनाएको छ। ५५५ देखि ७४० किलोग्राम तौल हुने ट्रान्सफर्मर खोल्ने र भुइँमा झार्ने कार्य एक व्यक्तिबाट सम्भव नहुने स्थानीयवासीको भनाइ छ। उनीहरूका अनुसार यो कार्य निश्चित योजनाका साथ समूहमा आएर गरिएको हो। चोरहरूले उपभोक्ता समितिको स्वामित्वमा रहेको ट्रान्सफर्मर खोलेर त्यसभित्र रहेको तामा निकालेर लगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0