बिर्तामोड । कोशी प्रदेशको सबैभन्दा ठुलो सौर्य ऊर्जा परियोजना झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने तयारीलाई अन्तिम रूप दिएको छ ।

नेपाल धितोपत्र बोर्डको टोलीले झापाको शिवसताक्षी नगरपालिका–४ सालमारामा अवस्थित १० मेगावाट क्षमताको परियोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।

स्थलगत अनुगमन तथा निरीक्षणपछि आइपिओ स्वीकृतिको प्रक्रिया अगाडि बढेको प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

कम्पनीका प्रबन्ध सञ्चालक भट्टराईका अनुसार धितोपत्र बोर्डको स्थलगत निरीक्षण सकारात्मक रहेको र अब छिट्टै आइपिओ निष्कासनका लागि अन्तिम स्वीकृति पाउनेमा कम्पनी विश्वस्त छ ।

परियोजनाको वास्तविक लागत करिब ८७ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यो कोशी प्रदेशमा हालसम्म सञ्चालनमा आएको सबैभन्दा ठुलो सौर्य परियोजना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0