शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको आयोजनामा तीन दिवसीय महिलाका लागि कानुनी परामर्श तालिम आइतबार सम्पन्न भएको छ। शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधेमा सञ्चालन भएको तालिमको समापनसँगै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।

सहभागीहरुलाई शवसताक्षी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबो र नगरका कार्यक्रम अधिकृत महेश लामिछानेले प्रमाण पत्र वितरण गरेका थिए ।

तालिममा नगरपालिकाका सबै ११ वडाबाट २/२ जना महिला तथा तीन जना नगरपालिका कर्मचारीसहित कुल २५ जनाको सहभागिता रहेको थियो। सहभागी सबै घरेलु हिंसा, महिला हिंसा लगायत विभिन्न प्रकारका सामाजिक अन्यायमा परेका महिलाहरु थिए।

तालिममा हिंसामा परेका महिलालाई कानुनी सहारा कसरी लिने, उजुरी कहाँ र कसरी दिने, घरेलु हिंसा, मानसिक यातना, सीमाना विवाद लगायतका विषयमा न्यायिक प्रक्रियाका उपायबारे जानकारी दिइएको थियो। तालिमले महिलाहरूलाई अन्यायविरुद्ध आवाज उठाउने क्षमता र आत्मविश्वास प्रदान गरेको सहभागीहरूको भनाइ छ।

सहभागी बाग मर्डीले तालिमबाट समुदायमा अझै पनि घरेलु हिंसा भइरहेको यथार्थ उजागर गर्दै आगामी दिनमा समुदायमै पुगेर यस्ता कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन्। यस्तै, प्रतिमा नेपाल, टिकामाया पाठक, र रक्षा नेपालले पनि तालिमको अनुभव साझा गरेका थिए।

२०८२ जेठ ३० गतेदेखि आषाढ १ गतेसम्म सञ्चालन तालिमको अधिक्ता लेखनाथ निरौला, पत्रकार गोपाल काफ्ले, शिवसताक्षी नगरपालिका प्रमुख छविलाल ढकाल, न्यायिक समिति कर्मचारी नर्वदा दाहालले तालिमको सहजीकरण गरेका थिए । शिवसताक्षी नगरपालिकाको आयोजना तथा शिवसताक्षी मिडिया प्रालिको समन्वयमा तालिम सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0