शिवसताक्षी । नेपाल तरुणदल शिवसताक्षी ११ मा नयाँ कार्य समिति चयन भएको छ । आज शिवसताक्षीको दूधेमा भएको पाँचौ वडा अधिवेशनले सन्तकुमार राईको अध्यक्षतमा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

नेपाली कांग्रस नगर सभापति अशोक बस्नेतको प्रमुख आतिथ्य, तरुण दल क्षेत्रीय सभापति तुला बोखिमको समन्वयमा भब्य र सभ्य ढंगले नेपाली कांग्रसका जिम्मेवार नेता तथा कार्यकर्ताको उपस्थितिमा ५ ‌औं वडा अधिवेशन सम्पन्न भएको छ ।
जसको उपाध्यक्ष ओम माझी, जितु तामाङ्ग, सचिवमा निशान्न साम्सुहाङ्ग, सह–सचिव नेत्र पाठक, कोषाध्यक्ष ग्रेसी काफ्ले सर्वसम्मत चयन भएका हुन् । सदस्यहरुमा योगेन लिम्बु, आदिप भुजेल, मदन राई, रोहित काम्बाङ्ग, जितेन राई, सन्तोष थङगम्बा, भद्रमणी मिश्र, धिरज राई रहेको कार्यक्रम सञ्चालक अर्जुन भट्टराईले जानकारी दिए ।

निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई नगरसभापति अशोक बस्नेत, प्रदेश प्रतिनिधि डिकबहादुर बढाथोकी, जीवन गिरी, तरुण क्षेत्रीय सभापति तुलाराम बोखिम लगायतले शुभकामना मन्तव्य दिएका थिए । नेपाली कांग्रेसका वडासभापति पिताम्बर अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको स्वागत प्रदेश (क)का सचिव निरोज दुलालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0