झापा ।झापाको कमल गाउँपालिका–४ स्थित सितापुरी चोकमा ढुंगा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ।

बिहीबार साँझ करिब ५:३० बजे ३५ वर्षीय सूर्यबिक्रम लिम्बू र ३७ वर्षीय देबेन्द्र लावतीबीच मादक पदार्थ सेवनपछि विवाद भएको थियो। विवादको क्रममा लावतीले ढुंगाले लिम्बूको टाउकोमा प्रहार गरेका थिए, जसबाट लिम्बू गम्भीर घाइते भएका थिए।

घाइते लिम्बूलाई तत्काल दमकस्थित लाईफलाइन अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिराटनगरको न्युरो अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा शुक्रबार बिहान ७ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार कुटपिटमा संलग्न देबेन्द्र लावतीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0