झापा ।  झापाको कनकाई नगरपालिका–४, कृषि मार्ग स्थित नमुना टोलमा आज दिउँसो करिब १२ः३० बजे ठूलो परिणाममा लागूऔषध बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले ४० वर्षीया बिमला चौधरीको घरमा छापा मारी लागूऔषध बरामद गरेको हो।

प्रहरी स्रोतका अनुसार चौधरीको घरबाट प्लास्टिकसहित १९५ ग्राम ब्राउनसुगर र २५० ग्राम गाँजा फेला पारिएको छ। लागूऔषधसहित चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जनाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0