विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । सरकारले प्रस्ताव गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट बिहीबार प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको हो ।
सरकारले असार १ गते बजेट पेस गरेको थियो । बजेटमाथि भएको छलफलमा ३८ जना सांसदले भाग लिएका थिए ।
छलफलपछि पारितका लागि आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सदनसमक्ष प्रस्ताव पेस गरेका थिए ।
पारित बजेट आगामी साउन १ गतेदेखि कार्यान्वयनमा जानेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












