शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरिएको छ ।

गएको आषाढ १० गते १६ औं नगरसभाको उद्घाटन भएको थियो । सार्वजनिक गरिएको बजेट नीति तथा कार्यक्रम बारेमा छलफल सहित आज सर्वसम्मतले पारित  गरि नगरसभा सम्पन्न भएको शिवसताक्षी नगरपालिकाका सूचना अधिकृत डिल्ली नेपालले जानकारी दिए ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ लागि ९१ करोड, ४२ लाख बराबरको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

जसमध्ये शशर्त कार्यक्रमका लागि रु ४८ करोड, ३२ लाख, २७ हजार, नगर योजना, विषयगत शाखा तथा वडागत योजनाका लागि रु २७ करोड, र चालु खर्चका लागि १७ करोड १० हजार बराबर रकम रहेको छ ।

सामाजिक सुरक्षा तथा संरक्षण भत्ताका लागि छुट्टै रु ४० करोड रकम विनियोजन गरिएको शिवसताक्षी नगरपालिकाले छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरणमा जोड दिएको छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटनमा लगानी अभिबृद्धि गरी दिगो र समावेशी आर्थिक सामाजिक विकासका लागि काम गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0