शिवसताक्षी ।  २२औं राष्ट्रिय धान दिवस झापाको शिवसताक्षी नगरपालिकामा विभिन्न कार्यक्रमहरूसहित भव्यरूपमा सम्पन्न गरिएको छ। वडा नं. ७ स्थित नेकपा एमाले वडा नं. ७ वडा कमिटी अध्यक्ष पुष्पा सापकोटाको खेतमा नौमती बाजागाजासहित सामूहिक धान रोपाइ गरी दिवसलाई उत्सवमय बनाइएको हो।

कार्यक्रम नेकपा एमाले शिवसताक्षी, अखिल नेपाल किसान संघ, अखिल नेपाल महिला संघ तथा रेटर्नी फेडेरेसन नेपाल शिवसताक्षीको संयुक्त आयोजनामा सम्पन्न भएको हो। उक्त अवसरमा जम्मा १५ कठ्ठा क्षेत्रफलमा सामूहिक रूपमा धान रोपिएको अखिल नेपाल किसान संघ शिवसताक्षीका अध्यक्ष बलबहादुर राईले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद एलपी साँवा लिम्बुले किसानहरूलाई परम्परागत खेती प्रणालीबाट आधुनिक प्रविधिमा रूपान्तरण हुन आह्वान गर्दै प्रविधिमा आधारित कृषि प्रणालीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए।

धान दिवसकै सन्दर्भमा शिवसताक्षी नगरपालिकाले किसानका लागि खरिद गरेको धान रोप्ने आधुनिक मेसिनको पनि उद्घाटन गरिएको थियो। उक्त मेसिनमार्फत औपचारिक रूपमा रोपाइ प्रक्रिया सुरु गरिएको नगरपालिकाले जनाएको छ।

समारोहमा संघीय सांसद एलपी साँवा, प्रदेश सांसद राधाकृष्ण खनाल, नेकपा एमाले कोशी प्रदेश कमिटीका इन्चार्ज चन्द्रकुमार शर्मा, सचिवालय संयोजक धनबहादुर थेवे, नगरप्रमुख मेघाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एमाले नगर अध्यक्ष मेदनी दंगाल नेकपा एमालेका सम्पूर्ण जनवर्गिय संगठनसहित विभिन्न जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0