शिवसताक्षी । झापा शिवसताक्षीको १० नम्बर वडाले कृषि सामाग्री वितरण गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रम गर्दै कृषकहरुलाई चापकटर, सिचाईको लागि मोटर वितरण गरेको हो ।
नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीलगायतले उक्त कृषि सामाग्री कृषकरुलाई हस्तान्तरण गर्नुभएको थियो ।
वडाले ३ लाख ५० हजार बराबरको लागतमा ३४ जनालाई कुटी काट्ने चाँपकटर वितरण गरेको जनाएको छ।
त्यसै कृषकहरुलाई कृषि उत्पादन बृद्धिका लागि ३ इन्चको सिंचाईको मोटर समेत वितरण गरिएको छ । वडाको शिलिङ्ग २ लाख ५० हजार रकमबाट १२ जना कृषकलाई मोटर वितरण गरिएको वडध्यक्ष हर्क सिगुले बताउनु भयो ।

त्यस्तै वडाका महिलाहरुलाई स्वाभलम्बी बनाउने र आय आर्जनमा बृद्धि गर्ने उद्देश्यले २ लाख बराबरको २२ जनालाई सिलाई मेसिन वितरण गरेको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगर तथा वडाले किसान मुखी कार्यक्रमहरु ल्याएर नगरका नागरिकहरुलाई कृषि उत्पादन मुखी बनाउनेमा जोड दिनु भयो । उहाँले संघीय सरकारले वितरण मुखी काम गरेर बजेट खर्च नगर्ने भन्ने निर्देशन भएपनि स्थानीय सरकारले यहाँका नागरिकहरुको आवश्यतालाई हेरेर काम गर्दै आइएको बताउनु भयो ।

त्यस्तै वडध्यक्ष हर्क सिगुले वडाले लागु गरेको एक घर एक गाई अभियानमा पनि यो कृषि सामाग्री वितरणसँग जोडिएको बताउनु भयो । उहाँले आज वितरण गरिएको चापकटर र सिचाईको मोटर प्राप्त गर्ने वडाबासीको घर एउटा गाई अनिवार्य हुनु पर्ने बताउनु भयो । कृषि सामाग्री २५ प्रतिशत लागत सहभागितामा वितरण गरिएको थियो ।
वडा सदस्य दिपक पोख्रेलले सञ्चालन गर्नु भएको कार्यक्रम वडाध्यक्ष हर्क सिगुको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।












